नेभिगेशन
सबै कुरा

बालेनलाई अमरेशको चुनौति, ‘सक्छौ भने सिंहदरवार र सर्वोच्च अदालत भत्काउ’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले काठमाडौँका मेयर बालेन्द्र शाह(बालेन) लाई सर्वोच्च अदालत र सिंहदरवार भत्काएर देखाउन आदेश दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले बालेनप्रति आक्रोस पोखेका हुन् । उनी काठमाडौँ महानगरले  कवाड व्यसायमाथि डोजर चलाएको विषयमा आक्रोसित बनेका हुन् । 

संसदमा बोल्दै उनले भने, ‘हिटलरको शैलीमा हिजो २७ गते कवाडीमाथि डोजर चलाइयो र त्यहाँ जो गरिब मजदुरहरु थिए उनीहरुलाई घाइते बनाइयो । त्यो मजदुरमा मुस्लिम पनि छ, दलित पनि छ, मधेशी पनि छ, सबै गरिब छ । घाइते भएकाहरु केही शासक छैनन् । म बालेनलाई च्यालेन्ज गर्छु । हिम्मत छ भने संसद भवन भत्काएर देखाउ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार, शितल निवास भत्काएर देखाउ । जर्मनीको नाजीवादको शैली काठमाडौँमा चल्दैन ।’

उनले यो देश बहुभाषिक, बहुधार्मिक भएको र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको बताए । तर अहिले यो अधिकार मिचिएको उनको भनाई छ । 

आइतबार टेकुस्थित कबाड गोदाममा काठमाडौँ महानगरले डोजर चलाएको छ । डोजर चलाउँदा गोदाम सञ्चालक तथा कार्यरत मजदुरहरु प्रतिकारमा उत्रिएपछि महानगरप्रहरीसँग झडप भएको थियो । झडपमा परि तीन मजदुर घाइते भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्