नेभिगेशन
सबै कुरा

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई विशेष ब्यूरोबाट हटाईयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उनको ठाउँमा राजन अधिकारीलाई पठाइएको हो । 

उनलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय हालसम्म गोप्य राखिएको छ । विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाएका हुन्। 

CG

केसीको नेतृत्वमा असार १४ गते बेचन झा र प्रतिक थापा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका उच्च नेताहरु नै तानिने बताइएको थियो । तिनै झालाई पक्राउ गर्दा सरकार ढालेको अभिव्यक्ति पूर्व गृहमन्त्री रवि लामिछानेले नै दिदै आएका छन् । 

केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक...
कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ ।...
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।