नेभिगेशन
सबै कुरा

हेटौंडामा पौने ३ करोडको भेपसहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले गएराति इलेक्ट्रीक चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली ल्याएको सो परिमाणको भेप बरामद गरेको हो । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौैंडा– ११ थानाभर्याङमा सो बसलाई चेक गर्दा बसमा लुकाइ ल्याएको करिब दुई करोड, ७१ लाख, २१ हजार ७ सय ८० रुपैँया बराबरको ५८ कार्टुन भेप (इलेक्ट्रिक चरोट) प्रहरीले फेला पारेको हो ।

Global Ime Bank

प्रहरीका अनुसार ३६ सिट क्षमता भएको सो बसमा २३ जना पेसेन्जरलाई काठमाडौंदेखि भारतको दिल्लीसम्म लैजाने गरी आएको जनाएको छ । पेसेन्जर बस्ने सिट माथि फल्स बटम बनाइ भेपका कार्टुनहरु राखिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बस चालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ बस्ने २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षीय प्रविन्द्र राना, धनकुटा बेलरा नगरपालिका वडा नं. १६ बस्ने २९ बर्षीय राजकुमार हिमाङ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने ३९ बर्षीय ईन्द्र बहादुर जर्सी र सोहि स्थानका ३० बर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ । 

पक्राऊ परेकाहरुले काठमाडौंको बालाजू, भत्केको पुल नजिकको रमाईलो डाँडाबाट लोड गरेको र यस अघि पनि पटकपटक अवैध सामान भारत पुर्याउने गरेको बयान दिएको मकवानपुर प्रहरीले जनाएको छ । सो बसले यात्रुहरुलाई पर्यटकका रुपमा भरत लैजाने गरी गत असार ५ गते भातीय दुताबासबाट बाटो इजाजत लिएको फेला परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।
बैंकिङ कसुरको आरोपमा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

बैंकिङ कसुरको आरोपमा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

परिसरका एक प्रहरी अधिकारीका अनुसार इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध १० करोडको बैङ्किङ कसुरको जाहेरी परेको छ । सोही जोहेरीको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...