काठमाडौँ । सेयर बजारमा दैनिक हुने कारोबारमा नयाँ किर्तिमान कायम भएको छ । बुधबार सेयर बजार परिसूचक (नेप्से) मा २१ अर्ब ९२ करोड मूल्य बढीको सेयर खरिद बिक्री भएको छ ।
यस अघि २०७४ सालमा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको उच्च कारोबारको रेकर्ड कायम थियो । बुधबार ६४.२५ अंकले बढेको बजारमा १९१ कम्पनीको शेयर बढ्यो भने ४४ कम्पनीको मूल्य घट्यो । ७ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
आज ३३२ सूचीकृत कम्पनीको ५ करोड ९ लाख ६७ हजार कित्ता सेयर २ लख ३८ हजार २७२ कारोबार मार्फत उच्च कारोबारको रेकर्ड बनेको हो । आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भन १९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढ्यो ।