काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य बिहिबार एक लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।