काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा असार १६ गते सुनुवाई गर्नेगरी हेदाहेर्दैमा राखेको छ ।
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने राख्दै परेको रिटमा शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा सुनुवाई भएको थियो । लामिछानेतर्फको बहस बाँकी रहेपछि १६ गते पुन सुनुवाई गर्ने आदेश भएको हो ।