इलाम । इलाममा तेस्रो संकरणको इलाम साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा यही चैत १६ र १७ गते महोत्सव हुन लागेको हो । साहित्यको माध्यमबाट जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले साहित्य महोत्सव गर्न लागिएको हो ।महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् भने पहिलो दिनको सम्भाषण पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको रहने आयोजकले जनाएका छन् ।
त्यसपछि ‘संघीयता यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ । ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ । सोही दिन समुन्नतिका लक्ष, चुनौति र इलाम सन्दर्भमा अर्थविद एवम राजनीतिज्ञ डा स्वर्णिम वाग्लेसँग बहस हुनेछ ।
‘मिथकदेखि मिथकसम्म’ विषयमा डा.अरुण गुप्ता र राजन मुकारुङ, ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस हुनेछ भने ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ । बदलिँदो विश्वः फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलका रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ ।
चैत १७ मा गद्य कविता वाचन गरिनेछन् । यी कवितामा डा।तुलसी गौतमले टिप्पणी गर्नेछन् । ‘छन्द सुगन्ध’ शीर्षकमा कवितावाचन पनि यसै दिन राखिनेछ । ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कणर्बीच भलाकुसारी हुनेछ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस चल्नेछ ।
अभि सुवेदीसँग ‘उमेरको कथा’ विषयमा दीपक सापकोटाले कुराकानी गर्दा ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस चल्नेछ ।
‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा।कविता लामा, गणेश खनियाँ र दीपक लुंगेलीले कुराकानी गर्नेछन् । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा।ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार ९कर्नाटक० र डा।अस्मिता विष्टबीच बहस हुनेछ । ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुनेछ । नेपाल र भारतका करिब दुई सय साहित्यकार सहभागी हुने महोत्सवको समापन गजल साँझसँगै चैत १७ गते हुने आयोजकले जनाएका छन् ।