तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क

सिधाकुरा

काठमाडाैँ । घटना नं १ 

तिहारको भाइटीकाको दिन बालुवाटारका विजय सापकोटा (परिवर्तित नाम) ले भाइटीका लगाउन जान अनलाइन राइड सेयरिङ एप इन्ड्राइभमा राइडर खोजे । सापकोटा बालुवाटारको थिरबम सडकबाट मैतिदेवीको विरेन्द्र मार्ग जानुपर्ने थियो । 


इन्ड्राइभकै दूरीलाई लिने हो भने सो दिन विजयको पिक अप लोकेशन र ड्रप अफ लोकेशनको दुरी ४.८ किलोमिटरको थियो । 

सामान्य दिनमा सोही स्थानमा आवतजावत गर्न सापकोटाले ९५ रुपैयाँ तिर्ने गर्थे । अन्य दिनमा सोही स्थानको दूरी पनि ४ किलोमिटर मात्र देखाइन्थ्यो । तर, सो दिन विजयले अन्य दिनभन्दा करिब तेब्बर अर्थात २ सय ६५ रुपैयाँ तिर्न पर्यो ।


इन्ड्राइभले एकै स्थानको दूरीसमेत बढाएर देखाएर चर्को मूल्य असुल्यो । त्यसको मारमा विजय परे । ‘भाइटीका नलगाई भएन, सो रकम तिरेर गएँ,’ विजय भन्छन्, ‘चाडपर्वको मुखमा इन्ड्राइभले मसँग लुट मच्चायो ।’ 

घटना नं २

कलङ्कीका सुरेश पराजुली (नाम परिवर्तन) ले भाइटीकाको बिहानै नयाँ बानेश्वरबाट दिदीलाई लिएर कलङ्कीस्थित कोठामा गए । बिहानको समयमा आफ्नै मोटरसाइकल लिएर गएका सुरेशले दिदीलाई घर पठाउने समयमा इन्ड्राइभमा पठाउने निधो गरे । 

सोहीअनुरूप इन्ड्राइभमा ट्याक्सी खोजेका उनले १६ सय ७५ रुपैँया भाडा भएको पाए । 

सामान्य दिनहरूमा सो दूरीमा ५ सय ५५ मा इन्ड्राइभमा ट्याक्सी पाइन्छ । तर, त्यो दिन करिब तेब्बर मूल्य बढाएको पाएपछि सुरेश आफैँले दिदीलाई मोटरसाइकलमै घरमा ल्याएर छोडेर गए । 


‘सहजताका लागि इन्ड्राइभ छ भन्यो, कामै नहुने,’ सुरेशले भने ‘तर, तेब्बर भाडा लिन त भएन नि । यो त ठगी भयो ।’

तिहार पर्वको बेला राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभबाट ठगिनेहरू यत्तिमै सीमित छैनन् । 

‘हिजो भाइटीका लक्षित इन्ड्राइभको कालाबजारी हेर्नुस् । यसलाई नियमन गर्ने संयन्त्र वा निकाय नेपालमा छैन कि क्या हो रु साधारण भाडादर भन्दा लगभग ३ गुणा बढी रकम तिर्न बाध्य बनाएको छ ।’, सामाजिक सञ्जालमा अशोक गोलेले लेखेका छन् । 

त्यस्तै अर्का एक प्रयोगकर्ता सुवास थापा राइड सेयरिङका नाममा आफूखुसी लुट मच्याउनेहरुको सरकारले अनुगमन गरी कारबाही गर्नुपर्ने भन्दै फेसबुकमार्फत माग गरेका छन् । अनलाइन सेवा निष्कृय पारेर अफलाइनमा लुट मच्चाइएको उनको आरोप छ ।    

‘आपतविपत, चाडवाडमा पठाओमा अनलाइन रिजेक्ट गर्ने अनि इन्ड्राइभ जस्ता एपमा राइड सेयरिङको नाममा आफूखुसी लुट मच्याउनेहरुको अनुगमन गरि कारबाही गर्न अत्यन्तै जरुरी छ,’ थापाले लेखेका छन् । 


यकिन तथ्याङ्क नभए पनि दैनिक हजारौँको संख्यामा यात्रुहरुलाई सेवा प्रवाह गर्ने इन्ड्राइभमा चाडको बेला ठगिएको गुनासो एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । तर, नियमनकारी सरकारी निकाय यस प्रकरणमा मौन छन् भने राइड सेयरिङ सेवा प्रदायक कम्पनी आफ्नो ठगी धन्दाको बचाउमा लागेका छन् । 

पछिल्लो समय राइड सेयरिङ कम्पनीहरुले प्रविधिको प्रयोग गरि मोलमोलाई गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । 

चाडवाडको समयमा रकम बढाउने मात्रै नभएर त्यस्ता प्लेटफर्मका नाममा बाटो छेकेर मोल्मोलाई गर्ने, अनलाइनमा जथाभावी मूल्य बढाउने, भनेको समयमा राइड नपाउने जस्ता लापरवाही भएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । 

‘पहिले पहिले व्यापारीहरुले मोलमोलाई गर्थे अहिले राइड सेयरिङका नाममा त्यस्तै भएको देख्छु,’ तिमिल्सिना भन्छन्, ‘प्रविधिको प्रयोग गरेर अपराध बढेको छ । मनलाग्दी बढेको छ । नियमन गर्ने निकाय मौन छ ।’

जनतालाई सेवा सुविधा दिने भन्दै आएका प्लेटफर्मले मानवीय संवेदनामाथि खेलवाड गरेको उनी बताउँछन् । तिमिल्सिना भन्छन्, ‘सामान्य अवस्थामा सार्वजनिक सवारी साधन पाइन्छ । राइड सेयरिङ भनेकै आपतको समयमा चाहिने हो तर त्यहि समयमा राइड नदिने, पैसा बढाउने । यो गलत हो । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ 

विद्यमान कानुन अनुसार राइड सेयरिङ सेवा प्रदेश सरकारलाई दिएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको नियमन गर्ने जिम्मेवारी प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालय रहन्छ । तर, यो मन्त्रालयलाई जनताको सास्ती र हैरानीको कुनै मलब छैन् । जनता ठगिको विषयमा हालसम्म मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन् । एमालेकातर्फबाट मन्त्री बनेका प्रदेश यातायात मन्त्री प्रेमभक्त महर्जन फोन सम्पर्कमा आउन चाहेनन् भने मन्त्रालयका सचिव बलारम निरौला र सूचना अधिकारी फोन स्वीच्ड अफ गरेर बसेका छन् । 

इन्ड्राइभले लुट मच्याएको भन्दै प्रयोगकर्ताहरु सामाजिक सञ्जालमा आक्रोशित भएपछि इन्ड्राइभले गल्ती भएको स्वीकार गरेको छ । उसले  फेसबुक स्टोरीमा सानो नोट लेखेर आफ्नोतर्फबाट गल्ती भएको भनेर औपचारिकता पुरा गरेको छ तर ठगिएको उभापोक्ताको रकम कसरी फिर्ता हुन्छ भनेर केही बोलिएको छैन् । 

‘हाम्रो एपमा भाडा मूल्य निर्धारणको विषयलाई लिएर प्रयोगकर्ताहरुले अनुभव गरेको मुद्दाको लागि हामी ईमानदारीपूर्वक क्षमा चाहन्छौं । यो अब पूर्ण रूपमा समाधान भएको छ,’ स्टोरीमा लेखिएको छ, ‘यसले गर्दा भएको कुनै पनि असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र तपाईंको धैर्यता र समझदारीको कदर गर्दछौं । हामी तपाईंलाई पारदर्शी र निष्पक्ष मूल्य प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’

प्रयोगकर्ताहरुलाई समस्या भएकोमा माफी मागेको कम्पनीले आफूले लिएको तेब्बर बढी मूल्य भने फिर्ता गर्ने नगर्ने कुनै ठोस जानकारी दिएको छैन ।


प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||