नेभिगेशन
सबै कुरा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरणः बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

वीरगंज । वीरगंजको बाईपास सडक खण्डमा रहेको नबिल बैंक लुटपाट प्रकरण बैंककै लापरवाहिले भएको अनुसन्धानमा खटिएको प्रहरी अधिकारीहरुले बताएका छन् । 

२२ हजार रुपैयाँको लोभले नबिल बैंक लुटिएको अनुसन्धानमा देखिएको अधिकारीहरुको दाबी छ । गत वैशाख १७ गतेको विहान ४ बजे बैंकमा नाटीकय लुटपाट भएको थियो । 

सो प्रकरणले वीरगंजमा बैंक नै असुरक्षित रहेको भन्दै चिन्ता समेत बढेको छ । तर याता बैंक लुटिएको प्रकरण अनुसन्धान गरिरहेको पर्सा प्रहरी र भारतीय प्रहरीले बैंकले समान्य अपनाउनुपर्ने नियमहरु नअपनाउँदा यस्तो ठुलो घटना हुन गएको जनाएको छ । 

अनुसन्धा अधिकारीहरुकाअनुसार वीरगंजको स्थानीय होटलमा बास बसेर १७ गते विहान ४ बजे ग्यास कटरले सटरको ताल्चा फोडेर बैंकमा पसेर बैंकको स्टील दराजमा रहेको एक सय र २० का दरको १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नेपाली र भारतीय चोरहरुले लुटेर लगेका थिए । 

लुटमा संलग्न रहेको भन्दै पर्सा पहरीले दुई जना नेपाली र तीन जना भारतीयलाई पक्राउ गरिसकेको छ । तर, मुख्य भनिएका अभियुक्तहरु अहिले पनि फरार नै छन् । 

नबिल बैंक बाईपास शाखाले बैंकमा गार्ड नराखेको, मुख्य शाखामा सेफ लकरमा राख्नुपर्ने रकम स्टील दराजमा राखेको र चोरी गर्न सटर फोड्दा एलार्म बज्ने ईकुप्मेन्ट नराखेकाले चोरीको घटना भएको प्रहरीले जनाएको छ । 

बैंकले समान्य प्रकृयाहरु नअपनाउँदा वीरगंजमा ठुलो मात्रामा रकम चोरि भएको देखिन्छ । बैंकले चोरी भएको रकम विमा प्राधिकरणले दिने भन्ने लोभ र भरका कारण यस्तो घटना भएको नेपाल तथा भारत प्रहरीको अनुसन्धानले देखाएको छ । 

पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुर्ई जना अभियुक्तलाई पक्राउ गरिएको थियो । वैशाख १८ गते बिहानको २ः०० बजेको समयमा प्रहरीले रौतहट मौलापुर नगरपालिका ७ बस्ने राम अयोध्या साह कलवारको छोरा वर्ष २३ को छोटेलाल साह कलवार, बिगु साह कलवारको छोरा वर्ष २६ को संजय साह भन्ने बिश्मवर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट १८ लाख नेपाली रुपियाँँ सहित ३ जनालाई पक्राउ गरेका छन् । बिहार पुलिस मातहतको पुर्वी चम्पारण मोतिहारीका एसपी कांतेश कुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ गरेको बताएका थिए । 

मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरूको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताएका थिए । पक्राउ पर्नेमा पुर्वी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरूलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् ।

पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी प्रहरीले सार्वजनिक गरि घटना वारे जानकारी गराइ पर्सा प्रहरीलाई बुझाएका थिए । भने मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक, कार्तुस २ थान, सुनको औंठी, पल्सर मोटरसाइकल, मोबाईल २ थान, सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको छ । बैंक चोरी गर्ने ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरेको मोतीहारी पुलिसले जनाएको छ ।

औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामा समेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक...
चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन

चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा...
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी...

भर्खरै