नेभिगेशन
सबै कुरा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरणः बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

वीरगंज । वीरगंजको बाईपास सडक खण्डमा रहेको नबिल बैंक लुटपाट प्रकरण बैंककै लापरवाहिले भएको अनुसन्धानमा खटिएको प्रहरी अधिकारीहरुले बताएका छन् । 

२२ हजार रुपैयाँको लोभले नबिल बैंक लुटिएको अनुसन्धानमा देखिएको अधिकारीहरुको दाबी छ । गत वैशाख १७ गतेको विहान ४ बजे बैंकमा नाटीकय लुटपाट भएको थियो । 

CG

सो प्रकरणले वीरगंजमा बैंक नै असुरक्षित रहेको भन्दै चिन्ता समेत बढेको छ । तर याता बैंक लुटिएको प्रकरण अनुसन्धान गरिरहेको पर्सा प्रहरी र भारतीय प्रहरीले बैंकले समान्य अपनाउनुपर्ने नियमहरु नअपनाउँदा यस्तो ठुलो घटना हुन गएको जनाएको छ । 

अनुसन्धा अधिकारीहरुकाअनुसार वीरगंजको स्थानीय होटलमा बास बसेर १७ गते विहान ४ बजे ग्यास कटरले सटरको ताल्चा फोडेर बैंकमा पसेर बैंकको स्टील दराजमा रहेको एक सय र २० का दरको १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नेपाली र भारतीय चोरहरुले लुटेर लगेका थिए । 

लुटमा संलग्न रहेको भन्दै पर्सा पहरीले दुई जना नेपाली र तीन जना भारतीयलाई पक्राउ गरिसकेको छ । तर, मुख्य भनिएका अभियुक्तहरु अहिले पनि फरार नै छन् । 

नबिल बैंक बाईपास शाखाले बैंकमा गार्ड नराखेको, मुख्य शाखामा सेफ लकरमा राख्नुपर्ने रकम स्टील दराजमा राखेको र चोरी गर्न सटर फोड्दा एलार्म बज्ने ईकुप्मेन्ट नराखेकाले चोरीको घटना भएको प्रहरीले जनाएको छ । 

बैंकले समान्य प्रकृयाहरु नअपनाउँदा वीरगंजमा ठुलो मात्रामा रकम चोरि भएको देखिन्छ । बैंकले चोरी भएको रकम विमा प्राधिकरणले दिने भन्ने लोभ र भरका कारण यस्तो घटना भएको नेपाल तथा भारत प्रहरीको अनुसन्धानले देखाएको छ । 

पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुर्ई जना अभियुक्तलाई पक्राउ गरिएको थियो । वैशाख १८ गते बिहानको २ः०० बजेको समयमा प्रहरीले रौतहट मौलापुर नगरपालिका ७ बस्ने राम अयोध्या साह कलवारको छोरा वर्ष २३ को छोटेलाल साह कलवार, बिगु साह कलवारको छोरा वर्ष २६ को संजय साह भन्ने बिश्मवर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट १८ लाख नेपाली रुपियाँँ सहित ३ जनालाई पक्राउ गरेका छन् । बिहार पुलिस मातहतको पुर्वी चम्पारण मोतिहारीका एसपी कांतेश कुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ गरेको बताएका थिए । 

मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरूको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताएका थिए । पक्राउ पर्नेमा पुर्वी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरूलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् ।

पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी प्रहरीले सार्वजनिक गरि घटना वारे जानकारी गराइ पर्सा प्रहरीलाई बुझाएका थिए । भने मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक, कार्तुस २ थान, सुनको औंठी, पल्सर मोटरसाइकल, मोबाईल २ थान, सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको छ । बैंक चोरी गर्ने ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरेको मोतीहारी पुलिसले जनाएको छ ।

औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामा समेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९...
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...

भर्खरै