नेभिगेशन
सबै कुरा

धादिङकी समिक्षाले दिलाईन् दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण

काठमाडौँ । भुटानको थिम्पूमा जारी आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा धादिङकी समिक्षा ढुंगानाले स्वर्ण पदक जितेकी छिन् । उनी ५३ केजी समूहमा पहिलो स्थानमा रहन सफल भएकी हुन् । उनले स्वर्ण पदकका भारतलाई पराजित गरेकी थिइन् । 

यो सँगै नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर र महिला–२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहे । 

City Express

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वर्णिमले सेमिफाइनलमा श्रीलङ्का र फाइनलमा भारतलाई पराजित गरेका थिए । 

सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरी जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भई नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन । 

त्यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा स्वर्ण पदक हात पारेको नेपाल कराते महासङ्घका मिडिया संयोजक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी गराए ।  

यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गरेका थिए । 

भुटानसहित नेपाल, भारत र श्रीलङ्का सहभागी रहेको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासङ्घका सदस्यहरु, वरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिब एक दर्जन अफिसियलको सहभागी रहेको प्रवक्ता गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना...
सुनसान छ बागलुङको  ‘कर्लिम गाउँ’

सुनसान छ बागलुङको ‘कर्लिम गाउँ’

“गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पु¥याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि...
आजको मौसमः देशभर मौसम बदली

आजको मौसमः देशभर मौसम बदली

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली...
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड...