सरकारी खर्चको भ्रमणमा सांसदहरूको ककटेल साँझः रक्सी लागेपछि बाझाबाझ

सिधाकुरा

काठमाडौँ । जनताबाट निर्वाचित भएर संसद पुगेका जनप्रतिनिधिहरू जनताका मुद्दा र राष्ट्रिय विषयमा कति जिम्मेवार छन् ? तपाईंले भोट हालेका सांसदहरू कस्ता छन् ? जान्नु भएको छ ? छैन भने यो एउटा गतिलो उदाहरण हो ।  

हो, तपाईं हाम्रो मतले चुनिएर संसदमा पुगेका सांसदहरू सरकारी खर्चमै गएको भ्रमणमा रक्सीले मातेर आफै झैझगडा गरेको र प्रतिनिधिसभाकै सदस्यहरूको निजी जीवनबारे रेष्टुराँको टेबलमा बसेर आरोप प्रत्यारोपमा उत्रिएको घटना सार्वजनिक भएको छ ।

घटना गत पुस २७ गते राति पोखराको एक रेष्टुराँको हो । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापासहितका ६ जना सांसदहरू सरकारकै खर्चमा ६ दिनको स्थलगत भ्रमणमा पुस २१ गते काठमाडौँबाट निस्किएका थिए । 

नेपालगञ्जबाट थालिएको समितिका सदस्यहरूको भ्रमणमा समिति सभापति कुसुमदेवी थापा (नेपाली कांग्रेस) सहित सांसदहरू रुपा शोसी चौधरी (माओवादी), सरस्वती सुब्बा र सम्झना थपलिया (एमाले), वीरबहादुर बलायर (नेपाली कांग्रेस), सभापति थापाको एक जना स्वकीय सचिव भ्रमणमा थिए । 

नेपालगञ्जबाट सुरु भएको सांसदहरूको भ्रमणको मुख्य उद्देश्य बाँदर आतङ्कका कारण क्षति ब्यहोरीरहेका किसानहरूको पिर मर्का बुझ्ने, स्वर्गद्वारी गुठीको जग्गा विवाद बुझ्ने, हिमाली क्षेत्रमा पर्यावरणमा आएको परिवर्तनका कारण परेको असरबारे अध्ययन गर्ने थियो ।

दाङबाट सुरु भएको विभिन्न जिल्ला हुँदै भ्रमणको छैटौँ दिन सांसदहरुको प्रतिनिधि मण्डल पोखरा आइपुग्यो । यस बीचमा सर्वसाधारण, स्थानीय तहका जनप्रतिनिधिहरू र अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधिहरू भेटेर समितिको टोली २७ पुसमा पोखराको एक होटलमा बास बस्यो । त्यसअघि प्राकृतिक स्रोतको बाँडफाँडको सन्दर्भमा गण्डकीका मुख्यमन्त्रीसँग पनि समितिले छलफल गरेको थियो । 

भ्रमणमा सहभागी एक सदस्यका अनुसार थाकेका सांसदहरू होटलमा फ्रेस भएपछि स्न्याक्स र ड्रिङ्सका लागि तयार भए । अनौपचारिक बसाइको सो साँझ कृषि समितिका सभापति कुसुमदेवी थापाले वाइन, एमाले सांसद सरस्वती सुब्बा र नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले गोर्खा एण्ड गन ह्विस्की, रास्वपा सांसद विनिता कठायत र माओवादी सांसद रुपाशोसी चौधरीले हटलेमन वीथ हनी अर्डर गरेको एक सदस्य बताउँछन् । रास्वपाका एकसांसद बीचमै भ्रमणबाट अलग भएपछि कठायत पोखराको कार्यक्रममा अन्तिम दिन सहभागी भएकी थिइन् । एमालेकी अर्की सांसद सम्झाना थपलिया भने पोखराबाट घरतर्फ निस्किइसकेकी थिइन ।   

सो बसाईमा समिति सभापतिका स्वकीय सचिव, डब्लुडब्लुएफका प्रतिनिधि र अर्का एक वन संरक्षण अभियन्ता पनि थिए । सबै जना एकै ठाउँमा बसेर पिय लिइरहेको बेला नेतृ विनिताले माओवादी सांसद चौधरीलाई आफू ‘बिरामी भएको र औषधि खाइरहेको तर पनि माछा खाएको बताइन् ।’ त्यत्तिकैमा अर्को छेउमा रहेका कांग्रेस सांसद बलायरले ‘पार्टी नै ठगको पर्यो भनेर विनितालाई होच्याएको’ ति प्रत्यक्षदर्शी बताउँछन् । 

विनिताले यहाँ अहिले पार्टीको कुरा कहाँबाट आयो बिना प्रसंग यो के बोलेको भनेर जाइलागिन् । सांसद बलायर चुप लागे । 

केहीबेर सबैजना आआफ्नो खानपिनमा लागेको ति प्रत्यक्षदर्शी बताउँछन् । उनकाअनुसार जब रक्सी चढ्दै गयो तब सांसद सरस्वती सुब्बा विनितामाथि खनिए, त्यसैमा बालायर पुनः जोडिए । 

पहिलो बिबादपछि साम्य भएको सांसदहरु बीचको विवाद ह्वीस्की चढेपछि सरस्वति सुब्बाले फेरि सुरु गरेको प्रत्यक्षदर्शीको भनाई छ । ‘सुब्बाले ह्वीस्कीको तालमा त्यो सुमना र शोभिताको के औकात ? केपी ओली, शेर बहादुर र प्रचण्डमाथि प्रश्न गर्ने ?’ भन्दै विनितालाई होच्याएको प्रत्यक्षदर्शीको दाबी छ । जवाफमा विनिताले, ‘तपाईंहरुले यत्तिका वर्ष देशका लागि के के गर्नु भयो ? हामी आएको २ वर्षमै कति धेरै काम गरिरहेका छौँ । किन होच्याएर ब्यक्ति केन्द्रित आरोप लगाउनु हुन्छ । ? भनेर भनेकी थिइन,’ स्रोतले भन्यो । 

सुब्बा पछि सांसद वीरबहादुर बलाएरले रास्वपा सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले र सुमना श्रेष्ठको वैवाहिक जीवनबारे टीप्पणी गर्न थालेको र उनीहरुको विवाहका कारण देशको सूचना गोप्य नरहेको दाबी बलायरले रक्सीको तालमा गरेको विनिताले बताइन् । 

‘कांग्रेस नेता बिरबहादुर बलायरले रवि, स्वर्णिम र सुमनाले विदेशीसँग विवाह गरेको भन्दै मजाक उँडाए,’ विनिताले सिधाकुरासँग भनिन्, ‘रास्वपा विरुद्ध सत्तारुढ सांसदहरु एक भएर नानाभाँती बोले । मैले त समिति सभापतिले रोक्नु होला भनेको उहाँ पनि सुब्बा र बलायरको पछि लागेर थप्नु भयो ।’

कठायतकाअनुसार सभापति थापाले पनि देखियो २ वर्षमा रास्वपाको पारा भन्दै थपेपछि उनी टेबल छोडेर हिंडेकी थिइन् । 

‘मैले सभापतिबाट त यो कुरा रोक्न पहल होला भन्ने सोचेको थिएँ । उल्टै उहाँले त देखियो २ वर्षमा रास्वपाको पारा भनेर भन्नु भयो । त्यसपछि म उठेर रुमा गएँ,’ कठायतले भनिन् ।  

सांसद कठायतकाअनुसार उनलाई फकाउन भोलिपल्ट बिहानै संसद सचिवालयका कर्मचारी आएका थिए । उनले हिजो जे भयो भयो बिर्सनुस् अब छोडौँ भनेको तर आफूले यो कुरा समितिमा सबैका सामु भन्ने भनेर पोखरामै जवाफ दिएको कठायत बताउँछिन् ।

त्यसै अनुसार आफूले मंगलबारको बैठकमा यो कुरा उठाएको बताइन् । ‘सांसद भएर यस्ता गर्ने हो ? यो राम्रो काम हो ? र मैले यो कुरा समितिमा भन्छु भनेको थिएँ भने,’ उनले भनिन् । 

घटनाको प्रत्यक्षदर्शी एवम् भ्रमणदलकी माओवादी सांसद रुपा चौधरीले भने त्यो दिनको घटनाबारे आफू सार्वजनिक रुपमा नबोल्ने बताइन् ।  ‘म घटनाको साक्षी हुँ तर म मिडियामा बोल्दिन’ उनले भनिन्,‘विनिता जीले समितिमै त्यो पनि धेरै मान्छे भएको ठाउँमा यो कुरा गर्न हुन्थ्यो हुन्न थियो उहाँको कुरा भयो । तर, अहिले म नबोलौँ ।’

घटनामा आफूमाथि खनिएको भन्दै सांसद विनिताले आरोप लगाएकी नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भने आफूहरुले मदिरा सेवन नगरेको दाबी गरे ।

‘राष्ट्रिय सूचना चुहिने विषयमा थोरै भनाभन भएको हो,’ उनले सिधाकुरासँग भने,‘रास्वपाका नेता संसदमा यस्तो कुरा गर्छन् । तर रास्वपाकै शिक्षामन्त्रीको श्रीमतिले विदेशी श्रीमान् क्वाटरमा राखेको कुरा त हो नी ? विषय यही हो यहाँ रवि, स्वर्णिम लगायतबारे कुरा भएको थिएन,’ बलायरले भने ।

त्यो दिन खाएको भनिएको जिएण्डजि (गोर्खा एण्ड गन) ह्वीस्कीको आफूले नामै नसुनेको उनको दाबी छ ।

यता, सो साँझ ह्वीस्की पिएको आरोप लागेकी एमाले सांसद सरस्वती सुब्बाले भने उक्त आरोप निराधार भएको दाबी गरिन् । ‘हाम्रो पार्टीको नेता खराब भनेर उहाँले भनेपछि हामीले हाम्रो नेताको बचाउ गरेको हो,’ सुब्बाले सिधाकुरासँग भनिन्,‘हाम्रो नेता खरब भए तिम्रा नेताको बारेमा पनि सहकारीको कुरा उठेको छ त धरौटीको विषय छत भनेको हो ।’

उनले आफूहरुले मदिरा पिएको भन्ने कुरा प्रमाण नभएको कुरा बोलिएको दाबी गरिन । ‘हिजो हामी समितिबाट निस्किइसकेपछि यो बबण्डर भएको रहेछ,’ सांसद सुब्बाले भेनिन्,‘भ्रमणको रिभ्यू मिटिङ भएको हो । सहकारीको कुरा र आ-आफ्नो नेताको बचाउको कुरा भएको हो । मदिरा पिएको कुरा प्रमाण नभएको आरोप हो । ’ 

सो दिन विवाद झिक्ने मध्येकी एक तथा समिति सभापति समेत रहेकी कुसुमदेवी थापाले भने एक कार्यक्रममा रहेको भन्दै अहिले बोल्न नसक्ने बताइन । लिखित रुपमा म्यासेजमा केही भन्न सकिन्छ की भन्ने सिधाकुराको प्रस्तावमा उनले कुनै जवाफ दिइनन् । 

प्रतिक्रिया

  • Np Nissan 1 months ago
    समाचार पढेर गज्जब लाग्यो 😉😆

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||