नेभिगेशन
सबै कुरा

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।  कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक÷एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच÷पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । 

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउँछन् । जिल्लामा हाल हात्तीपाइले रोगीको सङ्ख्या करिब दुई हजार दुई सय रहेको उनले बताए । प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए । 

“हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु दुई लाख उपलब्ध गराउने गरेको छ”, उनले भने “बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम  पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरु उपचार गराउन आउँदैनन् ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार शुरु

नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार शुरु

मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो । साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ । दुवै सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले...
दुर्लभ र महँगो मूल्य पर्ने क्यान्सरको औषधि बिरामीलाई निःशुल्क दिइने

दुर्लभ र महँगो मूल्य पर्ने क्यान्सरको औषधि बिरामीलाई निःशुल्क दिइने

आइतबार मन्त्रालयमा डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि...
स्वास्थ्य बीमामार्फत बिरामीले २ लाखसम्मको सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमामार्फत बिरामीले २ लाखसम्मको सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका...
अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

भर्खरै