काठमाडाैँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी गठित आयोगले दिपेश पुनसँग पनि बयान लिएको छ । स्रोतका अनुसार पुनसँग आइतबार दिउँसो बयान लिइएको हो ।
दिपेश पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । त्यस्तै उनी अखिल क्रान्तिकारीका महासचिव समेत हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।