नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

सिधाकुरा

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ ।

बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिए ।

“अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार (सेकेण्डरी मार्केट) बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्”, उनले भने । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गरे ।

ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उनले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताए । “बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्”, उनले भने ।

कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गरे । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उनले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गरे । उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ ।

ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ ।

सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ ।

नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताए । अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहुँदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उनले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गरे ।

अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गरे । लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताए ।

इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक एक करोडदेखि दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

उपचारका लागि हिँडेको परिवार, जब त्रिशुलीमै बिलाए... || SIDHAKURA ||

  • उपचारका लागि हिँडेको परिवार, जब त्रिशुलीमै बिलाए... || SIDHAKURA ||
  • कास्की पहि रो : हेर्दाहेर्दै पुरि याे कुलबहादुरको परिवार || Kaski Landslide....
  • बालेनले चिटिक्क बनाएको काठमाडौँको फुटपाथ || Improved sidewalks in Kathmandu || SIDHAKURA....
  • २ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शो कमा डुब्यो मटिअर्वा र....
  • जनता बाढी पहिरोको च पेटामा, संसदमै गीती भाका हाल्दै सांसद् || Parliament....
  • नेपालको सबैभन्दा ठूलो धागो उद्योग || कसरी बन्छ धागो ? THE REPORTER....
  • सामुदायीक विद्यालयमा बालेनले गरेको कायापलट || Balen Shah | SidhaKura ||
  • भतिजको योजनामा काका र उनका साथीको... || SIDHAKURA ||
  • अमृत, पक्वान, फ्यामिली र क्वालिटी ब्राण्डको खाने तेलमा मुटुमा असर गर्ने तत्व....
  • आत्मसमिक्षामा रास्वपा ! के चाहन्छन् मुकुल ढकाल ? || RSP in self-examination....
  • मध्यरातमा उथलपुथल ! के कारण ढल्यो सरकार ? || SIDHAKURA ||
  • विदेशबाट फर्किएर नेपालमै ५० लाख कमाई, उत्कृष्ट किसानलाई सरकारको सम्मान || SIDHAKURA....
  • ला गू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस || SIDHAKURA....
  • ‘एनबीटिसीमा लगानी गर्दा हामी ठगियौँ’ || SIDHAKURA ||
  • केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३....
  • गाँ*जाबाट के के बन्छ ? कसरी बन्छ ? || SIDHAKURA ||
  • हेटौंडा अस्पतालको ठगी धन्दा, ३३ रुपैयाँको औषधिको ४५ रुपैयाँ || Hetauda Hospital....
  • कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी || Kalanki Trade Center....
  • वाइवाइबारे फेसबुकमा लेख्दा उपभोक्तालाइ ५ करोडको मुद्दा | The Reporter | Wai....
  • नेपालबाट ३० वर्षअघि धर्मपुत्री भएर बेल्जियम पुगेकी एस्थरले दाजु भेटिन्, बहिनी र....
  • सेनाका हरिचन्द्र गिरीले गिनिज बुकमा कसरी राखे ५ रेकर्ड ? || SIDHAKURA....
  • राजेन्द्र लिङ्देनले जब रोष्ट्रमै च्याते बजेट पुस्तिका... || SIDHAKURA ||
  • दुर्लभ ५ विश्वरेर्कड बनाएका नेपाली सैनिक हरिचन्द्र ||5 GUINNESS WORLD RECORDS HOLDER....
  • १०० दिनमा रविले के के गरे काम ? अब के गर्दैछन् ?....
  • सांसदकै घरबाट बालेन टिमले गर्यो बालश्रमिकको उद्धार || SIDHAKURA ||

Current Affairs

यसरी खोजिदै छ सिमलटारबाट हराएको बस,....

  • यसरी खोजिदै छ सिमलटारबाट हराएको बस, पानीमुनी क्यामेराले हेरिँदै || SIDHAKURA ||
  • खेलकुद मन्त्रालयबाट विदाई हुदैं गर्दा के भन्छन् बिराजभक्त श्रेष्ठ ? || Biraj....
  • बिदाई हुँदै गर्दा शिक्षामन्त्री सुमनाले भनिन: जहाँ भएपनि शिक्षा क्षेत्रका लागि काम....
  • गृहमन्त्रीबाट बिदाई हुँदै गर्दा रवि लामिछानेले भने : निर्मला पन्तको अनुसन्धान लगभग....
  • त्रिशुलीको पहिरोमा भाग्यले बाँचेकाहरु || SIDHAKURA ||
  • त्रिशुलीमा पहिरोले यसरी खसायो २ वटा बस || SIDHAKURA ||
  • मलाई ठग प्रमाणीत गर्नुस्, जेल हाल्नुस्, मैले नै जेल उद्घाटन गरिदिएको छु....
  • जातजात भड्काएर रोटी सेक्ने काम मान्य हुँदैनः ज्ञानेन्द्र शाही || Gyanendra Shahi....
  • बोल्दाबोल्दै रोकेपछि रामहरि खतिवडालाई रविको कटाक्ष : ‘वाह ! मर्निङ् सोज द....
  • फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो, कसरी खोल्ने फाइल ? : रवि....
  • अगाडीबाट मिलेझैँ गरी पछाडिबाट मुक्का हान्ने प्रयास नगरियोस : प्रधानमन्त्री प्रचण्ड ||....
  • संविधान संसोधन गरेर प्रत्यक्ष कार्यकारी बनाउन तयार हुनुहुन्छ ? : प्रधानमन्त्री प्रचण्ड....
  • प्रधानमन्त्री प्रचण्डको दाबी: भ्रष्टाचारका फाइल खोल्न सुर गरेपछि सरकार ढल्यो ।| SidhaKura....
  • प्रचण्डलाई राप्रपाले विश्वासको मत नदिने: Gyanendra Shahi || Raprapa || SIDHAKURA ||
  • निर्माण व्यवसायीको भुक्तानीमा अर्थको भेदभाव || Rabi Singh- Chairman, FCAN || SIDHAKURA....
  • कारबाहीपछि रवि-डिपीमाथि खनिए मुकुल || Mukul Dhakal || SIDHAKURA ||
  • रास्वपाले सबै पदबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालको पत्रकार सम्मेलन LIVE
  • विपद व्यवस्थापनमा अहिलेको सरकारलाई असहयोग गर्न कर्मचारीलाई सर्कुलर गरियो || SIDHAKURA ||
  • मुकुल ढकाललाई महामन्त्रीबाट बर्खास्ती गरेपछि...के भन्छन् रास्वपाका नेताहरु ? | SIDHAKURA |
  • संसद्मा पूर्ण बहादुर घर्तीको गित‘खुट्टा तान्दै गर...|| SIDHAKURA ||
  • मन्त्रीपरिषद्लाई मान्छे बेच्न सिकाउने बेचैन र नेताहरुलाई कुन समितिले छानबिन गर्छ? -मनिष....
  • प्रतिनिधिसभा बैठक LIVE
  • शून्य समयमा बोल्दै जनमत पार्टीकी सांसद विनिता कुमारी सिंह | SIDHAKURA |
  • गिरिबन्धु प्रकरणबाट आत्तिएर समिकरण फेर्ने दलले माओवादीलाई नैतिकता सिकाउन मिल्दैनः माधव सापकोटा
  • प्रतिनिधिसभा बैठक LIVE