नेभिगेशन
सबै कुरा

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा  २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ  २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने  ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको जानकारी दिए।

आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले  आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले  दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले  एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताउनुभयो । 

जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले २५ करोड ६९ लाख ३९ हजार दुई सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार छ सय २७,  डिभिजन वन कार्यालयले  चार करोड ५२ लाख ८१ हजार आठ सय ५४ राजस्व सङ्कलन गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक...
चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन

चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा...
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी...