नेभिगेशन
सबै कुरा

भारतीय प्रहरीले भन्यो ‘किट विश्वविद्यालय प्रकरणमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान हुँदैछ’

काठमाडौँ । भारतको उडिसास्थित किट विश्व विद्यालयमा भएको घटनामा ५ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको भारतीय प्रहरी अधिकारीहरूले जनाएका छन् ।

भारतको भुवनेश्वर प्रहरी विभागद्वारा भर्खरै जारी गरिएको प्रेस वक्तव्यमा यस्तो जानकारी दिइएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

प्रेस वक्तव्यअनुसार प्रकृति लम्सालको मृत्युमा अनुसन्धान गर्न सोही विश्वविद्यालयका उड्वेक श्रीवास्तव नामक विद्यार्थीलाई पक्राउ गरेर न्यायिक हिरासतमा राखिएको छ ।  

यस्तै, नेपाली विद्यार्थीमाथि हातपातमा संलग्न भएको आरोपमा विश्वविद्यालयका ४ जना सुरक्षाकर्मीलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा रमाकान्त नायक, रबिन्द्र नायक, जोगेन्द्र बेहेरा र बेंगुली बेहेरा रहेका छन् । उनीहरूमथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्