नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को १ करोड सहयोग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग प्रदान गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । 

त्यस अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासका क्रममा देखिएका व्यवहारिक समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पटकपटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिइन् । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायत उपस्थित थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...