नेभिगेशन
सबै कुरा

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्ने समय नपाएपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले उक्त घटनाको छानविनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले प्रधानमन्त्री, परराष्ट्र र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउदै उक्त घटनाका बिषयमा बुझ्न पहल गर्नुपर्ने उल्लेख गरिन् । 

उक्त घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाटै निष्काशित गरिएको बिषयमा पनि विश्वविद्यालयसँग कुरा गर्नुपर्ने उनले बताइन् । तत्काल सदनमा राख्नुपर्ने बिषय राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै उहाले आक्रोश व्यक्त गरिन् । 

सांसद श्रेष्ठले सभामुखले संसदमा बोल्न खोज्दा पक्षपात गरेको समेत गुनासो गरिन् । 

संसद बैठक चलिरहेको बेला सांसद श्रेष्ठले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनको लागि सभामुखसँग समय माग गरेकी थिइन् । तर सभामुखले समय दिन अस्वीकार गरेका थिए । लगत्तै उनले बैठकबाट बाहिर निस्केर सञ्चारमाध्यममार्फत सरकाकारको ध्याकर्षण गराएकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्