नेभिगेशन
सबै कुरा

जनता बाढी पहिरोको चपेटामा, संसदमै गीति भाका हाल्दै सांसद

काठमाडौँ । अविरल वर्षाका कारण देश भर जनजीवन अस्तव्यस्त बनिरहेको छ । विपद्कै कारण मनसुन सुरु भएयताको २८ दिनमा ७० जनाले ज्यान गुमाइसकेका छन् । मनसुन र बाढीका कारण यस अवधिमा करिब १०० जना घाइते भएका छन् भने दर्जन बढी बेपत्ता छन् ।


मौसम पूर्वानुमानअनुसार पहिलेका वर्ष भन्दा यो वर्ष धेरै पानी पर्ने अनुमान गरिएको छ । जसको सुरुवात भर्खरै मात्रै भएको छ । अझै नागरिकले कति दुख कष्ट झेल्नुपर्ने हो लेखाजोखा छैन । मध्य मनसुनले ढपक्कै ढाकेको देशमा नागरिकहरु ज्यान कसरी बचाउने भन्ने अवस्थामा गुज्रिरहँदा, जनताका लागि जनाताबाट चुनिएर संसदमा आएका सांसदहरु सरकार फेरबदल र एक अर्को विरुद्धको आलोचनामा केन्द्रित छन् ।    

देशमा नागरिकले पीडा महशुस गरिरहेको समयमा संसद पठाइएका सांसदले उनीहरुलाई मल्हम लगाउनेतर्फ ध्यान दिन त परको कुरा संसदमै एकअर्कालाई खुइल्याउन दोहोरीमार्फत छेडखानीमै मस्त देखिए ।  आइतबार र सोमबार संसदमा जे जस्तो दृश्य देखियो यसले बाढीको पीडाले पिल्सिएका नागरिकको मन कुँडिन्छ । नागरिक समस्यामा परेको बेला सांसदहरु भने मन परेको गीत गाएर विपक्षी दलका नेताहरुलाई चिढ्याउन ब्यस्त भए । उनीहरु संसदमै दोहोरी खेलेर बसे । 

सोमबारको संसद बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको गीत गाए । गीतको बोल थियो ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र ...’ 

असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच नयाँ सरकार निर्माण गर्ने सहमति जुटेको थियो । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । 

एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा...’ सोही प्रसङ्ग उल्लेख गर्दै  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाएका हुन् । 

प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले...’ गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

सोमबारको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले अर्को गीत गाए । उनले गायिका कुन्ति मोक्तानको स्वरमा रहेको ‘कति जल्छौँ आरिसले..’ बोलको गीत संसदमा गाएका थिए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे । 

हुन त सांसदहरु पनि दुखी नभएका होइनन् । सरकार निर्माणका लागि नयाँ समिकरण बनेपछि उनीहरु दुखी भएको कुरो हाल सत्तामा रहेका सांसदहरुको अभिव्यक्तिबाट प्रस्टै बुझिन्थ्यो । यता अब सरकारमा जान खुट्टा उचालिरहेका सांसदहरुको खुशीे पनि प्रस्टै देखिन्थ्यो । 

केही सांसदहरुले नागरिकको अवस्थामा ध्यान दिन आग्रह गरेपनि सत्ता मोहमा अल्झिएका सांसदहरुको दोहोरीले त्यो ओझेलमा पर्यो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक पेस

प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक पेस

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे ।
काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । अहिले मेयर बालेन शाहले सोही बमोजिमको निती...
माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि...
सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ? दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय,...

भर्खरै