नेभिगेशन
सबै कुरा

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर

सर्लाही । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहरिएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । 

अदालतले बम्जनलाई दोषी ठहर गरेपनि उनलाई सजाय भने तोकिएको छैन । उनीविरुद्ध सजाय तोक्न अदालतले असार १७ गतेको पेशी तोकिएकाे अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । 

Global Ime Bank

२०७५ भदौमा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी थिइन् । त्यस्तै २०७६ असारमा उनले उनले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यसपछि बम्जनको खोजी सुरु भएको थियो । 

ति किशाेरीकाे आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी पनि दिएका थिए । उजुरी र जाहेरीपश्चात प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई सीआईबीले गत पुस २४ गते  काठमाडौँको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

चमारले अफ्ताब आलम र उनका समर्थकबाट धम्कीसमेत पाएको दाबी गरेका छन् । “मेरो घरमा मान्छे पठाएर आमालाई धम्क्याएको थियो— ‘तिम्रो छोरा मर्छ’, अहिले पनि मलाई डर लागिरहेको छ,”...
चेक बाउन्स मुद्दामा पक्राउ परेका ठेकेदार भेटवाललाई अनुसन्धान गर्न अदालतले म्याद नथप्दिएपछि...

चेक बाउन्स मुद्दामा पक्राउ परेका ठेकेदार भेटवाललाई अनुसन्धान गर्न अदालतले म्याद नथप्दिएपछि...

काठमाडौँ भ्यू टावर निर्माणको जिम्मा पाएका ठेकेदार मनोजकुमार भेटवाल छुटेका छन् । चेक बाउन्सको मुद्दामा पक्राउ परेका उनी एक सातामै रिहा भएका हुन्।
ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए।...

भर्खरै