नेभिगेशन
सबै कुरा

अछाममा ढुंगा निकाल्दा पुरीएर एक जनाको मृत्यु

अछाम। अछाममा ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुंगाले पुरीदा एक जनाको मृत्यु भएको छ।

आइतबार जिल्लाको मेल्लेख गाउँपालिका–५, कौलेनामा ढुङ्गा निकाल्ने एक्कासि माथिबाट ढुंगाहरु खस्दा ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्युभएको छ  भने उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको र उनको अहिले बयालपाटा अस्पताल उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्