नेभिगेशन
सबै कुरा

अरु कुनै पनि पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैनः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् । 

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ÷नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् । 

Global Ime Bank

देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसंग मिलेर सरकारमा गएको उनले बताए । उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफुलाई प्रधानमन्त्री पद दिने विश्वास व्यक्त गरे । 

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीर्लाइ अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

सभापति देउवाले नयाँ पुस्ताहरुले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने बताए । कांग्रेसले नेतृत्व गरेका गाऊँ÷नगरपालिकालाई बिभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...