नेभिगेशन
सबै कुरा

भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका एमाले सांसद गोकुल बास्कोटाले धुलिखेल खावा सडक स्तरोन्नतिमा सरकारले वास्ता नगरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले पटकपटक सरकार र सरकारको नेतृत्व फेरिएको तर सो सडकको अवस्था नफेरिएको भन्दै आक्रोशमिश्रित व्यंग्य प्रहार गरेका हुन् । 

‘सभामुख महोदय, शुन्य समय हो,  नसुनेपनि हुन्छ । ४ ओटा प्रधानमन्त्री फेरिए, चारै वटा मन्त्री, सचिव कति हुन् मलाई थाहा छैन । खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु ।’, सांसद बास्कोटाले भने, ‘त्यहि भन्नु भनेका छन् त्यहाँका जनताले । नत्र ढुंगा खाने अवस्था बन्यो ।’

त्यस्तै उनले काभ्रेले काठमाडौँको १७ प्रतिशत तरकारीको भार धान्ने तर सरकारले किसानहरुलाई उपेक्षा गर्दा उनीहरु समस्यामा रहेको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्