नेभिगेशन
सबै कुरा

दक्षिणकालीमा जुनकिरी स्कुलकाे बस दुर्घटना: एक विद्यार्थी र चालकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ४ मा जुनकिरी स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा विद्यार्थी र चालकको मृत्यु भएको छ । 

दुर्घटनामा परी घाइते भएका स्कुल बसका चालक दक्षिणकाली नगरपालिका ४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।

घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र  नर्भिक अस्पतालमा १ उना घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्