काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेको लामिछाने कार्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सभापतिको पक्राउ गरि सहकारीका वास्तविक ठगहरुलाई जोगाउने रणनीतिमा सरकारले लागेकाले ध्यानकर्षण गराउन आन्दोलन चर्काउन लागेको रास्वपाका नेताहरुले जनाएका छन् ।