नेभिगेशन
सबै कुरा

ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले पक्राउ अनुमति दिएको मोरङ अदालत स्रोतले जनाएको  छ । 

अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै  सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिए थिए । सभापति पोखरेलकी श्रीमती समेत उमागौरी सहकारी प्रकरणमा फरार रहेकी छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्