नेभिगेशन
सबै कुरा

शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

घाइते ११ जना मध्ये कीर्तिपुर बर्न अस्पतालमा उपचारत रहेको रविन राई र भीमबहादुर घलेको सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी थिए । 

गत बिहीबार मम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका अन्य ९ जनाको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्