नेभिगेशन
सबै कुरा

बाबुछोराको मृत्यु प्रकरण : फरार छोराले आफूले हत्या गरेकाे स्विकार्दै प्रहरीसामु गरे आत्मसमर्पण

काठमाडौँ । भक्तपुरको बालकोटमा सोमबार मृत भेटिएका बाबुछोराको हत्या आफूले गरेको भन्दै जेठा छोराले प्रहरीसामू आत्मसमर्पण गरेका छन् । उनले काठमाडौँको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जनाएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए । 

दिक्तेलबाट २ छोरा भाडामा बसेको कोठामा आएका कुलप्रसाद र कान्छो छोराको हत्या गरेको अवस्थामा फेला परेका थिए भने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहिन थिए । 

मिलनले नै बाबु र भाईको हत्या गरेर फरार भएको निष्कर्शसहित प्रहरीले खोजी तिव्र पारेपछि मिलन मंगलबार बिहान महाराजगञ्ज प्रहरी वृत्त पुगेर आत्मसमर्पण गरेको महाराजगन्ज प्रहरीले जनाएको छ । 

मिलनलाई सोधपुछपछि जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाउने तयारी भएको वृत्तका एक अधिकृतले बताए ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्