नेभिगेशन
पैसाका कुरा

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता, गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन । 

यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । 

साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।  

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक...
गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा वृक्षारोपण, ६ स्थानमा बर–पिपल रोपियो

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा वृक्षारोपण, ६ स्थानमा बर–पिपल रोपियो

गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न ६ स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (२०८२ असार २२ गते) सम्पन्न उक्त कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...
रसुवाको बाढी र पहिरोले अटोमोबाइल आयातमा असर, पीडितप्रति नाडाको समवेदना

रसुवाको बाढी र पहिरोले अटोमोबाइल आयातमा असर, पीडितप्रति नाडाको समवेदना

रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोका कारण मानवीय जनधनका साथैअटोमोबाइल क्षेत्र पनि प्रभावित भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ। विशेषगरी केरुङ–रसुवागढी नाकाबाट हुँदै आउने अटोमोबाइल...

भर्खरै