काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि पनि उनी थुनामुक्त भने हुने छैनन् । आपराधिक विश्वासघातको कसूरमा सीआईबीले उनीमाथि अनुसन्धन गरिरहेकाले उनी प्रहरी हिरासतमै रहने सीआइबीले जनाएको छ ।
उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको थियो ।