नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेद्वारा ५०/५० लाख सहयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५०/५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे ।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए । 

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

त्यस्तै नेकपा एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो...
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे...

भर्खरै