नेभिगेशन
सबै कुरा

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

काडमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् । 

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे। त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । 

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित थिए ।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...