नेभिगेशन
सबै कुरा

प्रहरी कुट्ने कमल जोशी पक्राउ गरेको भन्दै अनेरास्ववियुले जनायो आपत्ति

काठमाडौँ । एमालेको विद्यार्थी भातृ सङ्गठन अनेरास्ववियुले प्रहरी कुटपिटमा संलग्न आरोपमा कमल जोशी पक्राउको विरोध जनाएको छ। काठमाडौँ प्रहरीले जोशीलाई बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।

उनको पक्राउको विरोधमा एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले आपत्ति जनाएका हुन् । सिसिटिभी फुटेजमा प्रहरी कुटपिट गर्ने कार्यमा जोशीको संलग्नता नरहेको देखिँदा पनि प्रतिशोधपूर्ण तरिकाबाट उनलाई पक्राउ गरेको अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिडिया ट्रायल गरेर आफ्नो नेता पक्राउ गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको पनि अनेरास्ववियुले जनाएको छ ।   


   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्