नेभिगेशन
सबै कुरा

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

काठमाडाैँ ।  पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । 

“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका  छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने । 

यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए। विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । 

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने...
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे
त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

नयाँ जिम्मेवारी पाएका कोइरालाले अझै आफ्नो योजना कार्यान्वयन गर्न नपाउँदै गृह मन्त्रालयले फेरि उनलाई हटाएको हो। अब विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई दिइएको...