नेभिगेशन
सबै कुरा

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

आकस्मिक र शून्य समय सकिएपछि आकस्मिक समयमा बोल्न छुटेको भन्दै उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएपछि बिपक्षी दलले विरोध जनाएका थिए । खतिवडाले बोल्दै गर्दा रास्वपा सांसद गणेश पराजुलीले कुन नियमावली अनुसार बोल्न दिएको भन्दै नियमापत्ति जनाएकी थिइन् ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताएका थिए । उनले खतिवडालाई बोल्न दिएको बारेमा सचिवालयको जवाफ चाहिने बताए । बिपक्षी दलको अवरोधपछि उपसभामुख रानाले प्राविधिक त्रुटी भएको भन्दै अध्ययन गर्न संसद सचिवालयलाई आदेश दिइन् ।

तर बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले आफ्नो अडान राखेपछि सभामुख घिमिरेले आक्रोश मुद्रामा १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्