नेभिगेशन
सबै कुरा

डान्सबारमा झगडा हुदाँ १ जनाको मृत्यु

पश्चिम नवलपपरासी । पश्चिम नवलपपरासीको बर्दघाट नगरपालिका वडा नं.१३मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा भएको झगडामा एक जनाको मृत्यु भएको छ । २०८१ माघ २८ गते राती ११ः५० मा भएको झगडामा प्रतापपुर गाँऊपालिका वडा नं. ९, खैरनी बस्ने बर्ष ४५का सन्त बहादुर चौधरीको मृत्यु भएको हो । 

राति झगडा भई घाईते भएका चौधरीको चौराह अस्पताल बुटवलमा उपचारका क्रममा २०८१ माघ ३० गते ४ः५०मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशमा बोहराले जानकारी दिए ।  

डान्स बारमा फोटो तथा भिडियो खिचेको निहँुमा भएको विवादमा झगडा हुदाँ घाईते प्रतापपुर गाँऊपालिका वडा नं ९ का सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी घाईते भएका थिए । 

घटना भएको जानकारी पश्चात प्रहरीले डान्सबार सञ्चालक प्रतापपुर ४ का राकेश हरिजन, प्रतापपुर गाऊँपालिका वडा नं.९ का ३१ बर्षिय अमित चौधरी र प्रतापपुर गाँऊपालिका वडा नं. ९ का ३५ बर्षिय सरोज चौधरीलाई पक्राऊ गरि अदालतबाट थप ७ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बोहराले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्