नेभिगेशन
सबै कुरा

७६ (२) अनुसार नै नयाँ सरकार बन्छ, परिणाम दिन सक्नेहरु मन्त्री बन्छन्ः एमाले

काठमाडौँ । नेकपा एमालेले सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले अव बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने कामपछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरुका बिषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमाले–कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई संख्याका आधारमा प्रतिनिधित्व गराउने बताए । ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए । 

बैठकले सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भुगोलमा फर्काइने र नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको छ । जस अनुसार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मा दिने गरि आधारभूत इकाई निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्ने ज्ञवालीले जानकारी दिए । त्यस्तै प्रदेशले कार्यविभाजन गर्दा पालिकालाई आधार र जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरि मापदण्ड निर्धारण गरिएको उनले बताए । 

बैठकले सबै जिल्लाहरुलाई साउन महिनाभित्र पार्टी सदस्य नविकरण गर्न निर्देशन दिएको छ । यो बर्ष अभियानकै रुपमा ६६ जिल्लामा अधिवेशन गरेको र बाँकी जिल्लालाई कार्तिकभित्र अधिवेशन गर्न बैठकले निर्देशन दिएको ज्ञवालीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा...
आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको...
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।

भर्खरै