नेभिगेशन
सबै कुरा

गृहले बनाएको छानबिन समिति सुजनका परिवारले नमान्ने, भन्छन्ः 'गोली हान्नेलाई नै कसरी पत्याउनु' ?

काठमाडाैँ । बालकुमारी घटना छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समिति मृतकका परिवारले अस्वीकार गरेका छन् । शुक्रबार ईपिएस कार्यालय अघि भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन राउतका परिवारले गोली हान्ने र आदेश दिनेले नै गरेको छानबिन नमान्ने बताएका छन् ।  साथै छानबिन समिति नफेरिएसम्म शब नउठाउने भएका छन् । 

मृतकका मामा यमराज कटुवालले गाली हान्न आदेश दिने जिल्ला प्रशासन कार्यालय ललितपुर र गोली हान्ने नेपाल प्रहरीकै अधिकारीहरूले वास्तविक छानबिन गर्न नसक्ने बताए । 

Dish Home
Global Ime Bank

गृहमन्त्रालयले घटना भए लगत्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेको छानबिन  समिति बनाएको थियो । 

तर यो छानबिन समिति निष्पक्ष हुनेमा मृतकका परिवारले आशंका  गरेका हुन् । 

'प्रशासनले गोली हान्न आदेश दिएको छ, प्रहरीले नै गोली लागेर मृत्यु भएको स्वीकार गरेको छ  । उनीहरुलाई नै कसरी पत्याउनु ?' मृतकका मामा कटुवालले भने । 

मृतकका परिवारले गोली चलाउन आदेश दिने र गोली चलाउने माथि कारवाही गर्न समेत माग गरेका छन् । साथै पीडित परिवारका लागि न्यायोचित राहतको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ । 

ओभरसियर पढेका दैलेखका सुजन बाबुको मृत्यु भएपछि कोरियन जाने तयार गर्न काठमाडौँ आएका थिए । भाषा परीक्षाको तयार गरेको सुजनले उत्पादनमूलक क्षेत्रमा जानका लागि फारम भर्न पाएका थिएनन् । 
साथीहरू सहित विरोधमा उत्रिएका सुजनको छातीमा प्रहार भएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation