नेभिगेशन
सबै कुरा

चोयु हिमाल आरोहणमा नयाँ किर्तिमान, नेपालबाटै व्यवसायिक आरोहणको बाटो खुल्यो

काठमाडौं । नेपाली हिमाल चोयु आरोहणमा पर्वतारोहीहरूलाई नयाँ सफलता मिलेको छ। दशकौँ अघि पहिचान भएको ८ हजार १८८ मिटर अग्लो उक्त हिमाल नेपालकै भए पनि अहिलेसम्म नेपालतर्फबाट आरोहण गर्न सकिएको थिएन ।

तर, गत शुक्रबार नेपाली किर्तिमानी पर्वतारोही गाल्जे शेर्पा नेतृत्वको ७ सदस्यीय टोलीले उक्त हिमालको नेपालतर्फबाट सफलतापूर्वक आरोहण गरेर नयाँ किर्तिमान राखेकाे हो । 

CG

एक फ्रान्सेली नागरिकसहितको आरोहण टोलीले २०८१ जेठ २५ गते ९७ जुन २०१४ ० राति ८ः ३० बजे चोयुको सफल आरोहण गरेको हो ।  यो विश्वको अग्ला हिमाल मध्येको पाँच औं नम्बरको हिमाल हो । 

चार वर्ष देखि नेपालबाट चोयु चढ्न गरेको प्रयास शुक्रबार सफल भएको आरोही दलका प्रमुख एवम् किर्तिमानी पर्वतारोही गाल्जे शेर्पाले सिधाकुरालाई बताए ।

‘आफ्नै देशमा भएर पनि विश्वको पाँचौँ अग्लो हिमाल चढ्न चीनको भर पर्नुपर्ने थियो,’ शेर्पाले भने, ‘अब त्यो अन्त्य भएको छ । नेपालबाटै चोयुको आरोहण गर्न अब व्यवसायिक बाटो खुलेको छ ।’

यस अघि चोयुको आरोहण गर्न चीन जानु पर्ने, उतैबाट आरोहण अनुमति लिनु पर्ने प्रक्रियागत झन्झट थियो । यस पटक नेपालबाटै आरोहण अनुमति लिएर उक्त हिमालको सफल आरोहण भएको शेर्पाले बताए ।   

उनकाअनुसार पछिल्लो ३७ दिन देखि आरोहण दल चोयु आरोहणका लागि खुम्बु क्षेत्रको थामे क्षेत्रमा लागि परेको थियो । आरोहीहरू गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा र फ्रान्सका अलास्डिर म्याकान्जी गरी सात जनाको टोलीले उक्त हिमालको आरोहण गरेको हो । आरोहण दल सोमबार काठमाडौं आइपुगेको छ ।        

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

उनले आफ्नो आरोहण अनुभव सुनाउँदै भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको...
सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

बिहीबार नेपाल आइपुगेका उनले शुक्रबार पशुपति नाथको दर्शन गरेका छन् ।