नेभिगेशन
सबै कुरा

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए । 

मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।  

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए । तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ । अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको बताए । 

सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने...
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे
त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

नयाँ जिम्मेवारी पाएका कोइरालाले अझै आफ्नो योजना कार्यान्वयन गर्न नपाउँदै गृह मन्त्रालयले फेरि उनलाई हटाएको हो। अब विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई दिइएको...