नेभिगेशन
सबै कुरा

अति भारी वर्षाको जोखिम रहेका यी ३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाका कारण उच्च जोखिममा रहेका ३४ जिल्लामा आज र भोलि रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । 

विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुन सक्ने जनाएको छ । ति जिल्लाहरुमा वर्षाका कारण विपदको जोखिम हुन सक्ने रात्रिकालीन बस नचलाउन अनुरोध गरेको हो ।

Global Ime Bank

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।

विभागका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोट उच्च जोखमको सूचीमा छन् ।

त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।

कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक...
ल्हेन्दे खोला बाढीः ११ जना उद्धारको पखाईमा, हेलिकोप्टर घटनास्थल पुग्यो

ल्हेन्दे खोला बाढीः ११ जना उद्धारको पखाईमा, हेलिकोप्टर घटनास्थल पुग्यो

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी...
रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान...
धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।