काठमाडौं । नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारीक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । ‘हामीले सिप्रदीबाट खरिद गरेको ६ वटा टिपर प्राविधिक परीक्षण गर्दा ४ वटा पुरानाे भएको पाइयो,’ पत्रकार सम्मेलनमा मानन्धरले भने, ‘यसबारे सिप्रदीलाई जानकारी गराइएको छ । उसले गल्ति स्वीकार गर्दै गाडी फिर्ता लैजाने भनेको छ ।’