नेभिगेशन
सबै कुरा

नेपालमा रगतको सही उपयोग र उचित प्रयोग नहुँदा अभाव

डा विपिन नेपाल । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्यममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।

एकातर्फ रक्तदान गर्ने युवाहरू दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशिएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ ।


नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लड को प्रयोग अर्को मुख्य कारण हो। 

रगत अभाव हुने अर्को मुख्य कारण भनेको बिरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि  कुनै एक बिरामी को लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु  र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।

हामीले एक पिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्राकृतिक रगत बनाउँदै आएको छ  ।

जुन बिरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्रान्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको  केशमा बिरामीका आफन्तहरू रगत खोज्नका लागि ग्रान्डीमा आउने गरेको कैयौँ उदाहरणहरू छन् । 

ग्रान्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार पिन्ट रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।

रगतको कम्लीकेसनको चेकजाँच ग्राण्डी अस्पतालमा हुने गरेको डा नेपालले बताए । ग्रान्डीले हाल लगभग सबै थरी ब्लड गूप्र एण्टीबडीज  को चेकजाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लान्टका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका बिरामीलाई चाहिने टेस्ट एण्टीबडीआइडेन्टिफिकेसन गर्दै आएको छ।

 डा विपिन नेपाल रक्तसञ्चार विशेषज्ञ हुन् । उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...
सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

उपभोक्ता अदालतको निर्णयविरुद्ध नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलनमा उत्रिएपछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन्।
अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।
७२ जिल्लामा फैलियो डेङ्गी

७२ जिल्लामा फैलियो डेङ्गी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण...

भर्खरै