नेभिगेशन
सबै कुरा

आजको मौसम : कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

CG

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरि संरचना तय गरेको महाधिवेशन...
साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन...
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक आज उद्घाटन गर्दै उनले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको...
पत्रकार राजिव खत्री रास्वपा प्रवेश

पत्रकार राजिव खत्री रास्वपा प्रवेश

पत्रकार खत्रीले केही दिनअघि न्युज २४ छोडेका थिए । उनले न्युज २४ टेलिभिजनमा ‘टु द पोइन्ट’ नामक कार्यक्रम सञ्चालन गर्ने गर्दथे ।