नेभिगेशन
सबै कुरा

नेपालमा बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजश्वको छापा

काठमाडौँ । नेपालमा आक्रामक रुपमा विद्युतीय गाडी बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमाथि राजश्व छलीमा अनुसन्धान सुरु भएको छ । उक्त कम्पनीमा छापा हानेर कागजात जफत गरेको विभागले जनाएको छ ।

भन्सार छलेर गाडी भित्र्याइएको सूचना पछि अनुसन्धान सुरु गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले सिधाकुरालाई बताए । ‘भन्सार छलीको सूचना पछि विभागले केही कागजात जफत गरेको छ,’ महानिर्देशक बुढाले भने,‘ केही कागजात माग गरेका छौँ । थप अनुसन्धान पछि हामी निष्कर्षमा पुग्छौँ ।’ 


विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै भन्सार विभागले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । वीवाइडीमाथि भन्सार र अन्तशुल्क छल्न आफूले आयात गरेको गाडीको भन्सार घोषणा किलोवाट क्षमता घटाएर गरेको आरोप छ । नेपालमा निकै लोकप्रिय बनिरहेको उक्त कार राजश्व छलीमा दोषी देखिए झण्डै ४ अर्ब रुपैयाँ बिगो र जरिवानाको भागिदार हुन सक्ने प्रारम्भिक अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

प्रहरीका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले नातामा साला पर्ने असी खातुनको टाउकोमा गोली प्रहार गरेका थिए ।
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...

भर्खरै