नेभिगेशन
सबै कुरा

कुशल मल्लको रेर्कड : ३४ बलमै शतक, तोडियो डेविड मुलर र रोहित शर्माको रेर्कड

१० असोज, हान्झाउ (चीन) । टी २० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका कुशल मल्ल र्कीर्तिमानी बनाएका छन् ।

चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा  नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । 

उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरेका थिए ।  कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्