बारा : बेगानी समुहको नन्दन ध्यू एण्ड आयल इन्ड्रस्ट्रिज प्रा.लि सिमारा बाराले उत्पादन गरेको ‘सूरुचि डाल्डा ध्यू अखाद्य भएको फेला परेको छ ।
बाराकै एक उपभोक्ताले तिहारका लागि भनेर किनेर ल्याएको डाल्डा ध्यूको काटुन खोल्दा प्याकेजिङ गरिएको प्याकेटभित्र ध्यू अस्वभाविक रुपमा डल्लाडल्ला भएको फेला पारेपछि उक्त ध्यूको अवस्थाबारे भिडियो बनाएर सिधाकुरालाई पठाएका छन् ।
उनले हामीलाई पठाएको भिडियोमा उक्त ध्यूको बिक्रि मूल्य लेखिएको भएपनि प्याकेजिङ् मिति कतै पनि देखिँदैन् । जुन कानुनत दण्डनिय कार्य हो ।
त्यस्तै ध्यूको प्याकेजिङ खोल्दा उक्त ध्यू बिग्रिएर डल्लाडल्ला भएको छ । जुन सामान्य तापक्रमले पग्लिँदैन ।
तिहार बढेसँगै बजारमा ध्यूको माग बढ्ने भएकाले उत्पादक कम्पनीले मनलाग्दी बिग्रिएको ध्यू बेच्नेगरेको उपभोक्ताको गुनासो छ । उनीहरुले उक्त ध्यू बेच्ने व्यापारी, उत्पादक कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजूरी गर्ने तयारीसमेत गरेका छन् ।