नेभिगेशन
सबै कुरा

रविमाथि अमानवीय व्यवहार प्रकरणमा सोधपुछ गर्न प्रहरी प्रमुख बसन्त कुँवरलाई मानव अधिकार आयोगले बोलायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । रविमाथि हिरासतमा अमानवीय व्यवहार गरेको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानव अधिकार आयोगले आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको छ । 

आयोगका प्रवक्ता डा।टीकाराम पोखरेलले दिउँसो १२ः३० मा कुँवरलाई आयोगमा उपस्थित हुन पत्र काटिएको बताए । ‘कुँवरलाई आज सोधपुछका लागि बोलाइएको छ,’ पोखरेलले भने,‘अब आवश्यकताका आधारमा चितवनका जिल्ला प्रहरी प्रमुखलाई पनि आयोगमै बोलाएर जवाफ माग्ने तयारी गरिरहेका छौँ ।’ 

Global Ime Bank

सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई कुँवरको ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो । 

अस्वस्थ रहेको अवस्थाका लामिछानेलाई आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ । 

भोलिपल्ट  उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो । 

घटनाको दोस्रो दिन शुक्रबार रवि पत्नी निकिता पौडेलले प्रहरी महानिरीक्षक कुँवरलगायत माथि छानबिन गरी कारवाहीको माग गर्दै आयोगमा उजुरी दिएकी थिइन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा उजुरी दिएको थियो ।

उजुरीपछि आयोगले नेपाल प्रहरी प्रधान कार्यालयमा पत्राचार गरि जवाफ मागेको थियो । तर, घटना संवेदनशिल देखिएकाले आज प्रहरी प्रमुखलाई आयोगमै उपस्थित गराएर जवाफ माग्न लागिएको आयोगले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम...
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।