नेभिगेशन
सबै कुरा
मेडिकल शिक्षामा अनियमितताः

त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रालयलले सिफारिस गरेको छ । 

चिकात्सा शिक्षामा भएको अनियमितता सम्बन्धि छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । ६ वर्ष अघि तत्कालिन न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन यस अघिको सरकारले लुकाएको थियो । 

City Express

बुधबार प्रतिवेदन सार्वजनिक गर्दै शिक्षामन्त्री श्रेष्ठले प्रतिवेदनले तोकेअनुसारको कारबाहीका लागि ततका निकायमा लेखि पठाउने निर्णय गरेको हो । 

जसअनुसार मन्त्रालय मातहत गर्न सकिने कारबाही मन्त्रालयले गर्ने र बाँकी अन्य क्षेत्रका हकमा मन्त्रालये कारबाहीका लागि तत्कालै सिफारिस गर्ने मन्त्रालयले जनाएको छ । जसअनुसार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपतिहरु तीर्थराज खनियाँ, हिराबहादुर महर्जन, विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, अख्तियार दूरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र मेडिकल काउन्सिलका  पूर्व रजिष्ट्रार डा निलमणि उपाध्याय छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्...
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने...