नेभिगेशन
सबै कुरा

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः भारतीय दूताबास अगाडि प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । भारतमा उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी माथी भएको ज्यादती विरुद्ध  लैनचौरस्थित भारतीय दूतावास अगाडी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले बिरोध गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । 

भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा बि टेक सिएससी तेस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षीय नेपाली छात्र प्रकृति लम्साल मृत भेटिएकी थिइन् । उनीमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुव्र्यवहार गर्ने गरेको खुलेको छ । उनको मृत्युपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । विश्वविद्यालयले सूचना नै जारी गरी सबै नेपाली विद्यार्थीलाई बलजफ्ती कलेजबाट निकालेको छ । सयौँ नेपाली बिद्यार्थीहरु अहिले भातरको बिभिन्न रेलवेस्टेसनमा अलपत्र छन् । उक्त विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताइएको छ । साे काे बिराेधमा प्रदर्शन गरिएकाे हाे । 









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्